काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली शरणार्थी प्रकरणमा छानबिनमा प्रहरी प्रमुख पनि मुछिएको आरोप लागेको बताएका छन् ।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै वाग्लेले छानबिनमा प्रहरी प्रमुख पनि मुछिएको आरोप लाग्नु दुखद भएको बताएका हुन् ।
‘लङ आर्म अफ ल’ अर्थात कानुनको लामो हातबाट कोही भाग्न नसक्ने सांसद वाग्लेले बताएका छन् । ‘दण्डहीनताको यो निकृष्ट चुरीफुरी यो नाटक कति लम्बिन्छ हामी हेर्दै छौँ ।’ उनले भने ।
त्यस्तै, उनले आफ्नो निर्वाचन क्षेत्र तनहुँ १ मा हावाहुरीका कारण जनधनको क्षति भएको बताउँदै राज्यबाट प्राप्त क्षतिपूर्ति अपर्याप्त रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया