नवनियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै

लोकपथ
35
Shares

काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ बुधबार हुने भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।
शपथ कार्यक्रममा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहन्छ ।

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका महतोलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।

यस्तै जसपाकै प्रमिला कुमारी शिक्षा राज्यमन्त्री नियुक्त भएकी थिइन् । उनलाई पनि प्रधानमन्त्रीले पद तथा गोपनीयतको शपथ दिलाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?