सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

लोकपथ
35
Shares

सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दैछ । राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै दिउँसो ३ः४५ बजे नै सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गरिसक्न निर्देशन दिएका थिए ।

यसअघि नीति तथा कार्यक्रम प्रधानमन्त्रील नै पेश गर्ने भनिएपनि राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएकाले पौडेलले नै प्रस्तुत गर्ने तय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?