काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनासँग थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
बुधबार जिल्ला अदालत काठमाडौंले ३ दिन हिरातसमा राख्न दिएको हो ।
सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित सबै १४ जनाविरुद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
यसअघि पनि उनीहरुलाई अनुसन्धान गरेको थियो । सो प्रकरणमा मुछिएका अन्यबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया