दुबई पठाइदिन्छु भन्‍दै ३५ लाख ठगी गर्ने पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । दुबई पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । तनहुँको भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौंमहानगरपालिका-२६ सामाखुसी बस्‍ने २७ वर्षीय सञ्‍जय रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी रोजगारीका लागि दुबई पठाइदिने भन्‍दै पीडितसँग ३५ लाख रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?