काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला दहन गरेको छ ।
अयोग्य लडाकुलाई २ लाखका दरले राहत दिने गरी ल्याएको कार्यविधि तत्काल खारेज गर्न दबाब दिँदै युवा संघले शनिबार काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्री दाहालको पुत्ला दोहन गरेको हो ।

अयोग्य लडाकुहरूको नाममा आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने गरी ल्याइएको सो कार्यविधि तत्काल खारेज नगरे देशभर आन्दोलनको आँधीबेहरी सृजना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघले चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया