गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताएका छन् ।
प्रदेश प्रमुखबाट आज मुख्यमन्त्री नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताए ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने पनि बताए । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।
उनले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा सामेल गर्ने बताए । उनले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया