‘उपनिर्वाचनको परिणाम कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश’

लोकपथ
21
Shares
Interview with Nepali Congress Leader Dr. Minendra Rijal at Baluwatar in Kathmandu on Monday. Photo: Balkrishna Thapa / THT

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपनिर्वाचनको मतपरिणामपछि कांग्रेसको चरित्र र गतिशिलता पुनस्र्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा लागि पूर्वमन्त्री समेत रहेका डा.रिजालले सो कुरा बताएका हुन् ।

‘हाम्रालागि कांग्रेसको चरित्र र गतिशिलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’ उनले भनेका छन् ।

त्यस्तै भर्खरै सम्पन्न उपनिर्वाचनबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने, रास्वपाका नेता डा.स्वर्णिम वाग्ले र जसपाका नेता उपेन्द्र यादवलाई बधाइ समेत दिएका छन् ।

१० वैशाखमा सम्पन्न उपनिर्वाचनमा चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवारको पराजय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?