काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा सांसदहरुले उठाएका प्रश्नहरु पनि वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छन् ।
संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ सरकारले नदिएको भन्दै उनले ती प्रश्नहरु र त्यसको अवस्थाबारे आम नागरिकलाई हेर्ने गरी वेबसाइटमा व्यवस्था गर्न सभामुखको ध्यानाकर्षण गराएकी हुन् ।
‘हामी संसदमा आईपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ । एक दिनको संसद बैठकमा लाखौं खर्च हुन्छ । आर्थिक पक्ष भन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग । हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन । समस्या मात्रै राख्दिन सभामुख महोदय, म समाधान पनि दिन चाहन्छु । के–के प्रश्न उठे, ती प्रश्नहरुको अवस्था के छन् ? आम नागरिकले हेर्ने गरी वेबसाइटमा राख्ने व्यवस्था मिलाइयोस् ।’ उनले भनिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया