काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद निशा डाँगीले नेकपा एमालेकी सांसद लक्ष्मी महतो कोइरीलाई किन कारबाही नगरेको भन्दै प्रश्न उठाएकी छिन् ।
मंगलबार बसेको बैठकमा बोल्दै सांसद डाँगीले कोइरीलाई किन कारबाही नगरेको भन्दै सभामुख देवराज घिमिरेमाथि प्रश्न गरेकी हुन् ।
‘यस सदनका एक सदस्य लक्ष्मी महतो कोइरी जानकारी गराएर अनुपस्थित भएका हुन् वा जानकारी नगराई रु जानकारी गराएका भए के जानकारी गराएका छन सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहेँ’ उनले भनेकी छन् ।
सांसद डाँगीले सभामुख घिमिरेसँग जवाफ मागेकी छन्, ‘जानकारी नगराएको भए अहिलेसम्म संविधान बमोजिम कोइरीलाई किन कारबाही गरिएन ? यस प्रश्नको उत्तर सभामुखबाट नै सुन्न चाहेँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया