बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

लोकपथ
35
Shares

बारा । बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक आह्वान भएको छ । सोमबार बिहान ६ बजेका लागि सर्वदलीय बैठक बोलाइएको हो ।

आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन राति नै सकिएको र आज सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?