चितवन २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ ।
बिहान ८ बजे सर्वदलीय बैठक आह्वा गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ ।
यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया