रविले भने– ‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएकामा चितवनबासीलाई नमन’

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हरेक मुस्किलसँग लड्न सक्ने साहस दिएको भन्दै चितवनबासीलाई धन्यवाद दिएका छन् ।

‘हरेक मुस्किलसँग लड्न सक्ने साहस दिनु भएकोमा आदरणीय चितववासीहरुमा विशेष नमन्’, उनले उपनिर्वाचन सकिएसँगै सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई मजबुत बनाउने काम भएको भन्दै सम्पूर्ण मतदातालाई हार्दिक आभार प्रकट गरेका छन् ।

उनले निर्वाचनको दौरानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने नेपाल तथा नेपालबाहिरका सबैमा आभार पनि प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?