बारा–२ मा एक घण्टामा खस्यो पाँच प्रतिशत मत

लोकपथ
0
Shares

बारा क्षेत्र नं २ मा उपनिर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान जारी रहेको छ । मतदान बारा–२ का सबै केन्द्रमा जारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए ।

गर्भवती, अशक्त, ज्येष्ठ नागरिकलाई लाइनमा बस्नु नपर्ने र उनीहरूलाई पहिलो प्राथमिकतामा राखेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न बारा निर्वाचन क्षेत्र नं २ मा दुई हजार छ सय पाँच सुरक्षाकर्मी परिचालन गरिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?