काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिबार जनकपुरधाममा बोल्दै नेता खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नभएको बताएका हुन् ।
मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे । उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको पनि जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया