ओखलढुङगामा २४ वर्षीया महिलालाई बलात्कृत, ६० वर्षीय कटवाल पक्राउ

लोकपथ
119
Shares

ओखलढुङगा । ओखलढुङगामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?