काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले भ्रमणका लागि आवश्यक तयारी भइरहेको भए पनि दुवै देशलाई अनुकूल हुने समयको टुंगो लागेपछि मात्रै मिति निर्धारण गरिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएका हुन् ।
उनले दुवै पक्षलाई अनुकूल हुने समयमा भ्रमण गराउने गरी आवश्यक समन्वय र तयारी भइरहेको बताए ।
‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ । भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ,’ प्रवक्ता पौडेलले भने ।
प्रवक्ता पौडेलले प्रधानमन्त्रीको भारत भ्रमण विगतमा हुँदै आएको नियमित उच्चस्तरीय भ्रमणकै निरन्तरता हुने पनि बताए ।
भ्रमणका क्रममा उठाइने एजेन्डाहरू भने नेपाल र भारत दुवै पक्षबीचको समन्वय र छलफलबाट तय गरिने मन्त्रालयले जनाएको छ ।
यससँगै प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको औपचारिक मिति र भ्रमणको विस्तृत कार्यसूची सार्वजनिक हुन बाँकी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया