पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

लोकपथ
0
Shares

काठमाडौं । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ ।

नेपाल प्रेसमा कार्यरत पत्रकार सुवेदीलाई काठमाडौंको नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा रहेको समाचार कक्षबाट प्रहरीले केहीबेरअघि नियन्त्रणमा लिएको हो ।

प्राप्त जानकारीअनुसार, प्रकाशित समाचारको स्रोत खोज्ने भन्दै प्रहरीको साइबर ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस घटनाबारे प्रहरीले औपचारिक रूपमा थप विवरण सार्वजनिक गरिसकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?