अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग

लोकपथ
26
Shares

काठमाडौँ । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

आयोगद्वारा बुधबार आयोजित छलफल कार्यक्रममा आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले हाल धानलगायत अन्नबालीमा मलको माग अत्यधिक बढेको भन्दै सहज आपूर्तिका लागि सरकारलाई संवेदनशील हुन आग्रह गरे उनले मल व्यवस्थापनका लागि सरकारले विभिन्न मुलुकबाट खरिद प्रक्रिया मिलाएर आयात गर्नुपर्ने भएकाले ढिलासुस्ती नगर्न आग्रह गरे ।

कृषि तथा पशुपन्छी मन्त्रालयका सहसचिव राजेन्द्र मिश्रले धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढाउन रासायनिक र प्राङ्गारिक मलको प्रयोग गर्न आवश्यकता रहेको कार्यपत्र प्रस्तुत गर्दै केही मल मौज्दात रहेको तथा नपुग मल समयमै उपलब्ध गराउन गृहकार्य भइरहेको जानकारी दिए ।

कृषि सामग्री कम्पनीसँग ५५ हजार मेट्रिक टन तथा साल्ट ट्रेडिङसँग ३४ हजार मेट्रिक टन हाल मौज्दात रहेको र करिब एक लाख ५० हजार मेट्रिक टन मल भारतबाट आउने क्रममा रहेको छ । कृषि सामग्री कम्पनीका प्रतिनिधि विष्णुप्रसाद पोखरेलले सरकारले समयमा नै कानूनी प्रक्रियामा व्यवस्थापन गरेमा मागबमोजिम आपूर्ति गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?