प्रधानमन्त्रीको दाबी : ‘शतप्रतिशत विश्वासको मत पाउँछु’

लोकपथ
35
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले शतप्रतिशत विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

यसअघि आफूले ९९ दशमलव २५ प्रतिशत मत पाएको उल्लेख गर्दै आफूले शतप्रतिशत मत पाउने दाबी गरे ।

‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो। भोलि सय नै हुन्छ भन्ने आशा छ।’ प्रधानमन्त्रीले भने ।

भोलि प्रधानमन्त्रीले विश्वासको मत लिँदैछन् । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको दोस्रो विश्वासको मत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?