काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल र फिल्म निर्माता छविराज ओझाबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ । आइतबार काठमाडौं जिल्ला अदालतले तीन वर्ष पुरानो मुद्दामा सुनुवाइ गर्दै अंशबण्डासहित सम्बन्धविच्छेद गर्ने फैसला सुनाएको हो ।
न्यायाधीश शंकरप्रसाद राईको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशपछि अब छविको आधा सम्पत्ति भागबण्डासहित सम्बन्धविच्छेद हुनेछ ।
अदालतको आदेशपछि शिल्पा पोखरेलले न्याय पाएको महसुसगरेको बताएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छिन्-
‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा बिरुद्धको मेरो मुद्धामा मलाइ जिताउने सम्पुर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पायेको महसुस गरेको छु। यस कठिन समयमा मलाइ बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाई, भाउजू,साथिहरु, संघ संस्था तथा बिशेष सहयोगको लागी वरिष्ठ अधिवक्ता रमेश गुरागाइज्यु र अधिवक्ता मनोज यादवज्युलाइ कृतज्ञता तथा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया