काठमाडौं । इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक एवं ठेकेदार मनोजकुमार भेटुवाल पक्राउ परेका छन्।
काठमाडौंको पुरानो बसापार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका भेटुवाललाई बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
बैंकिङ कसुरको विषयमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकपथलाई जानकारी दिए ।
‘बैंकिङ कसुरको केसमा उहाँलाई पक्राउ गरिएको हो ।’ उनले भने, ‘सो विषयमा अनुसन्धान भइरहेको छ ।’
विवादित पृष्ठभुमी भएका भेटवाल तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि नै तानिएका थिए ।
भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया