नेपालमा विशेषज्ञ चिकित्सकको संख्या दश हजार नाग्यो

लोकपथ
70
Shares

काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको सङ्ख्या ३२ हजार नाघेको छ । काउन्सिलमा दर्ता हुनेको सङ्ख्या ३२ हजार ३१८ पुगेको रजिष्ट्रार डाक्टर कृष्ण प्रसाद अधिकारीले बताए । यस्तै, नेपालमा विशेषज्ञ चिकित्सकको संख्या १० हजार बढी पुगेको छ ।

विशेषज्ञता हासिल गर्ने चिकित्सक १० हजार ८० पुगेको छ । जसमध्ये १ हजार ८० इन्टरनल मेडिसिन विशेषज्ञ चिकित्सकको रुपमा काउन्सिलमा दर्ता गराएका छन् ।

यस्तै, ९ सय ९४ जनाले स्त्री तथा प्रसुति रोग, क्रमशः जनरल सर्जरीमा ९ सय ४७, अर्थोपेडिक्समा ०५, पेडियाट्रिकमा ७१, विशेषज्ञ दर्ता गराएका छन् । रेडियोलोजी तथा इमेजिङ, लगाएतमा विषेशज्ञता हासिल गर्ने चिकित्सकको दर बढेको काउन्सिलको आँकडाले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?