काठमाडौं । गायिका लाबोनी प्रसाईंको आवाजमा ‘तिमीलाई माया गर्न’ बोलको गीत सार्वजनिक भएको छ । ज्योतिपुञ्ज सुरेशको शब्दमा रहेको गीत ‘लाबोनी प्रमोद’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
पश्चिमा अर्केस्ट्रा शैलीको फ्युजन गरिएको प्रस्तुत गीत नेपाल र भारतका चार जना गायक-गायिका हरुको स्वरमा अलग अलग सोलो भर्जन रेकर्ड गरिएको छ। गीतको सङ्गीत भने गीतकार सुरेश र गायक अजर जङ्गमले गरेका हुन् ।
नेपालीमा पुरुष गायनतर्फ अजर जङ्गम, महिला गायनतर्फ लाबोनी प्रसाईँको आवाज रहेको छ भने ‘बहोमें भरले’ बोलको हिन्दी भाषामा भावानुवाद गरिएको गीतमा चर्चित दक्षिण भारतीय पार्श्व तथा गजल गायिका मञ्जरी र नवगायक प्रफुल पाण्डेको आवाजमा छुट्टै सोलो भर्जन रेकर्ड भएको छ।
गीतकार तथा संगीतकार ज्योतिपुञ्ज सुरेशका अनुसार अन्तरराष्ट्रिय संगीतकारहरुको थप योगदान रहेको छ र एउटा मार्मिक किस्सा पनि जोडिएको छ।
गीतमा बौद्ध मन्त्र जप ‘ॐ आ हुँ’ पनि सुन्न सकिन्छ जुन शान्ती, शुद्धिकरण र मोक्षको प्रतिक हो। गीतको ट्र्याकमा रसियन अर्केस्ट्रा भायोलिन वादक जर्मन डिमिट्रिव र युक्रेनी चेलोवादक भोलोदिमिर कोतिलारोवको जुगलबन्दी पनि सुन्न सकिन्छ जुन दुई देशको युद्ध हुनुभन्दा केही समय पहिले रेकर्ड गरिएको हो। गीतको भावजस्तै युद्धरत दुई अलग देशका संगीतकारहरुलाई यो गीतको धुनले जोडेको छ।
त्यसलगायत नेपालबाट कन्सर्ट फ्लुटरक्लरिनेटमा अमुल कार्की ढली तथा बेलायतका म्यातेउज पिसुलक, नेपाली वायोलिन वादक रविन कार्की ढली र तबलामा जगन्नाथ धौगोडाको साथ रहेको छ।गीतको अर्केस्ट्रा संयोजन प्रेम आशिशले गरेका हुन् जो एउटा कुशल पियानो तथा गीतारवादक पनि हुन् ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया