काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा २ हजार ५ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार १ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६ सय रुपैयाँ कायम थियो । जुन, २ हजार ५ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
साताको पहिलो कारोबार दिन नै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको थियो । यस्तै, सोमबार तोलामा ५ सयले बढेको सुन मंगलबार स्थिर कायम भएको थियो । जुन, बुधबार पुनः ३ सय ले बढेको सुनको मूल्य विहीबार १ सय रुपैयाँले बढेको थियो । यस्तै, शुक्रबार एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।
यस्तै, यो साता चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । गत साताको शुक्रबार तोलामा १ हजार ३ सय ६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबार तोलामा १ हजार २ सय ९० रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया