काठमाडौं । प्रहरीले रबी खानसहितका मानव अधिकारकर्मीहरुलाई पक्राउ गरेको छ ।
बाँकेकी निर्मला कुर्मीलाई न्यायको माग गर्दै आन्दोलनमा रहेका रुबी खानसहितका अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार दिउँसो माइतीघरबाट र्यालीसहित बबरमहलतर्फ अघि बढिरहेको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अधिकारकर्मी खानको नेतृत्वमा उनीहरुले निर्मलालाई बेपत्ता पारेको घटनाको अनुसन्धान गर्न र आरोपित बादशाह कुर्मीलाई पक्राउ गर्न माग गर्दै आइरहेको छन् ।
आजको प्रदर्शनमा महिला अधिकार मञ्च बाँके, वृहत् नागरिक आन्दोलन लगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया