पृथ्वी जयन्तीमा बिदा दिएर ऐतिहासिक सत्यलाई स्थापित गर्‍यौं : उपप्रधानमन्त्री श्रेष्ठ

लोकपथ
112
Shares

काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पृथ्वीनारायण शाहको जन्म जयन्तीमा सार्वजनिक बिदा दिएर ऐतिहासिक सत्यलाई राज्यको तर्फबाट स्थापित गर्ने काम भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘नेपालको भैगोलिक एकीकरणमा पृथ्वीनारायण शाहको भूमिका स्वतः स्पष्ट छ । त्यो भूमिकालाई राज्यद्वारा पुनर्स्थापित गर्न हामीले पृथ्वी जयन्तीको दिनमा बिदा दिने निर्णय गरेका हौँ’, मन्त्री श्रेष्ठले भने ।

यो नेपालमा फेरि एकपटक ऐतिहासिक तथ्यहरुलाई सबैले स्वीकार्ने बनाउनका निम्ति राम्रो निर्णय भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?