जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम भएन : राजेन्द्र लिङ्देन

लोकपथ
35
Shares
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जेनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङदेनले विद्रोहको उद्देश्यअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताए ।

उनले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गरे ।

लिङदेनले राजनीतिक तरलता र अनिश्चितता झन् बढ्दै गएको दाबी गरे । विद्रोहपछि अपेक्षित परिवर्तनको अनुभूति हुन नसकेको भन्दै उनले मुलुकको भविष्यबारे अनिश्चय गहिरिँदै गएको बताए ।

‘जुन विद्रोह भएको थियो, जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनतामा आशा जाग्ने काम हुन सकेको छैन । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अगाडि बढ्न सकेको देखिँदैन,’ उनले भने ।

उनले देशमा आशा जाग्नुको सट्टा अनिश्चितता बढ्दै गएको र राजनीतिक परिस्थितिमा झन् तरलता आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?