देउवालाई ओलीको प्रश्न : ०५८ मा संसद विघटन गरी मध्यावधि गरेको यहाँले होइन ?

लोकपथ
28
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु प्रतिगमन नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मतको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

ओलीले कांग्रेस सभापति देउवाले प्रतिनिधिसभा विघटन गर्न सकिने ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताएका थिए ।  संविधानको रक्षा नै चुनौती बनेको उनले बताए ।

ओलीले देउवालाई मौका अनुसार व्याख्या नगर्न आग्रह गरेका छन् । ‘माननीय शेरबहादुर देउवाले ०५८ साल असारमा संसद विघटन गरेर मध्यावधि गरेर आश्विन १८ र माघ १९ पुगेको होइन ?’ उनले भने, ‘मेरा मित्रलाई म सोध्न चाहन्छु, यहाँले होइन संसद विघटन गरेको ?

नेपाली कांग्रेसलेसमेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय स्वागतयोग्य भएको बताउँदै सबै दल र स्वतन्त्र सांसदलाई पनि मत दिन आग्रह गरे । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्डले संविधानको ७६(४) बमोजिम आज विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?