संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै

लोकपथ
21
Shares
k|ltlglw;ef a}7sdf k|d bfxfn sf7df8fF}, @% k’;M k|wfgdGqL tyf g]skf -dfcf]jfbL s]G›_sf cWoIf k’iksdn bfxfn …k|r08Ú ;f]daf/ a;]sf] k|ltlglw;ef a}7snfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विश्वासको मत लिने तय भएको छ ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । नेपालको संविधानको धारा ७६ २ अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । विश्वासको मत पाउन १३८ सांसदको समर्थन चाहिन्छ । जवकी प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दानै १७० सांसद पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?