देउवासँग प्रधानमन्त्री प्रचण्डले मागे विश्वासको मत

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । सोमबार अबेर दुई नेताहरुबीच भेट वार्ता भएको हो । देउवालाई भेट्न प्रचण्ड साँझ ७ बजेतिर उनको निवास धुम्बाराही पुगेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेको कांग्रेसका स्रोतले बताएको छ । प्रचण्डले आफूलाई विश्वासको मत दिन कांग्रेस सभापति देउवालाई आग्रह गरेका थिए । प्रचण्डसँगको छलफलमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौला पनि थिए ।

कांग्रेस पदाधिकारी बैठक र संसदीय दल बैठक मंगलबार बिहान बोलाइएको छ । उक्त बैठकमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय हुनेछ । मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?