कमल थापाको युवा संगठनका अध्यक्ष कटवाल राप्रपामा प्रवेश

लोकपथ
56
Shares

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।

राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका कटवाललाई शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका हुन् ।

हालै सम्पन्न निर्वाचनमा शर्मनाक पराजय बेहोरेको राप्रपा नेपालका नेता कार्यकर्ता राजनीतिक विकल्पको खोजीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?