नेपाल समाजवादी पार्टीको बैठक बस्दै

लोकपथ
0
Shares

काठमाडौँ ।  नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक आइतबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय तीनकुनेमा बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाइएको छ ।

बैठकमा लामो समयदेखि छलफलमा रहेको पार्टी एकता लगायत विषयमा मुख्य रुपमा छलफल हुने बताइएको छ । समाजवादी धारको नेतृत्व गर्ने गरि विचार र सिद्धान्त मिल्ने दलहरूसँगको एकता प्रक्रियालाई तीव्रता दिने विषयमा बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । साथै यसका लागि सम्वाद समिती पनि गठन गरिनेछ ।

समाजवादी ध्रुवीकरणको विषय, पार्टीको संगठन सुदृढीकरण, पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समसामयिक राजनीतिक विषय , आगामी रणनिती लगायत एजेण्डाहरुमाथि पनि बैठकमा छलफल हुने पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?