दैलेख । दैलेखमा बुधवार बिहान भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
सुर्खेतबाट दैलेखको ठाँटिकाँध गाउँपालिकाको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाँटिकाँध गाउँपालिका– ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको हो । दुर्घनामा २ जना घाइते छन् ।
मृत्यु हुनेमा ठाटीकाध गाउँपालिका १ का ३० वर्षीया निर्मल बम, ३ का ४० वर्षीय राजेन्द्र बहादुर शाही ४ की रत्ना शाही, चालक रमेश शाही, वडा नं.३ का २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिका वडा नं.१ का समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।क्षेत्रीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
जिप सडकदेखि करीब ५० मिटर तल खसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया