मुगु दुर्घटनाका मृतक तीनजनाको शव सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

लोकपथ
0
Shares

सुर्खेत । मुगुको रारा ताल घुम्न जाने क्रममा सवारी दुर्घटनामा परी मृत्यु भएका तीनजनाको शव हेलिकोप्टरमार्फत सुर्खेत ल्याइएको छ ।

आइतबार मुगुको छायानाथ रारा नगरपालिका–७, टोप्लामा बा १७ च १८६४ नम्बरको गाडी दुर्घटना भएको थियो । दुर्घटनामा तीनजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

सोमबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत मृतक तीनैजनाको शव सुर्खेत ल्याइएको हो ।

मृत्यु हुनेमा काठमाडौंको कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका छन् ।

दुर्घटनामा घाइते भएका दुईजनालाई पनि सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको थियो ।

घाइते हुनेमा ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय गाडी चालक कञ्चन थापा र उनकी श्रीमती अन्जु थापा रहेका छन् । उनीहरू रारा ताल घुम्नका लागि मुगु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?