देशभरका कांग्रेस जिल्ला सभापति ककनीमा भेट्दै, यस्तो छ कारण ( भिडियो सहित )

काठमाडौं । नेपाली कांग्रेसको प्रस्तावित विधान मस्यौदा सम्बन्धि विशेष आन्तरिक छलफलका लागि देश भरिका कांग्रेस जिल्ला सभापतिहरूको बैठक ककनीमा हुँदैछ । 

कांग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीको समन्वयमा नुवाकोटको ककनीमा बुधबार र बिहिबार  जिल्ला सभापतिहरुको भेला हुने भएको हो । भेलामा सहभागि हुन ७७ जिल्लामध्ये ५२ जिल्लाका सभापति काठमाडौँ आईसकेको कांग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंंह केसीले बताए । 

पार्टीले गठन गरेको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल हुने बताइएको छ ।

२ दिनका लागि डाकिएको भेला कुनै गुट–उपगुटको छलफल नभएको स्पष्ट पार्दै  केसीले जिल्ला सभापतिहरु आपसमा बसेर छलफल गरी केन्द्रीय कार्यसमितिको बैठकमा सुझाव पेश गरौं भन्ने उद्देश्य रहेको बताए । 

सम्बन्धित समाचार :

जगदिश्वरनरसिंह केसीसँग खास कुरा 

यसकारण डाकियो कांग्रेस जिल्ला सभापतिको भेला, यस्ता छन् महत्वपूर्ण ३ निर्णय

देशभरका कांग्रेस जिल्ला सभापति ककनीमा भेट्दै, यस्तो छ कारण

काङ्ग्रेस महासमिति बैठक र यसको दायित्व

प्रचण्डसँग त्यो स्याटेलाइट फोन, यसरी ढल्यो राजतन्त्र

देउवाको निरंकुशता र ओलीको अधिनायकवादविरुद्ध लड्छौं : केसी

देउवाविरुद्ध रामचन्द्रदेखि अर्जुननरसिंह केसी केसीसम्म एकैठाउँमा, कसले के भने ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?