काठमाडौं । ‘‘बगेको खोली फर्किन्छु भन्छ, कालले पनि केही बेर पर्खन्छु भन्छ तिमीलाई देखर माया’’, जुन गीत अहिले निकै चर्चामा छ । टिकटकमा पनि निकै रुचाईएको यो गीत युटयुबमा पनि उत्तिकै रुचाईएको छ ।
बिहिवारसम्म यो गीत युटयुबमा ६० लाखभन्दा बढिले हेरेका छन् । झट्ट हेर्दा कुनै फिल्मको गीत जस्तो लाग्ने यो म्युजिक भिडियोले दुई हप्तामै यति धेरै दर्शक पाउनु भनेको सामान्य होईन । सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले यो गीत नसुनेको सायदै कम होलान् ।
तर यसको पछाडिको भित्री रह्स्य भने थाहा पाउन सकेनन् । अहिले त चर्चामा आउन वा ल्याउन अरु फिल्मको विभिन्न दृश्य चोर्ने चलन नै आएको छ । जसले गर्दा अन्तर्राष्ट्रिय सांगीत बजारमा नेपाली फिल्म र गीतहरु कमजोर बनेका छन् ।
त्यस्तै विभिन्न फिल्मको दृश्य चोरेर म्युजिक भिडियो बनाउनेको सूचिमा ‘‘ए होर माया’’ बोलको गीत पनि परेको छ । दुई हप्ताअघि सार्वजनिक भएको यो गीतमा बिमल अधिकारी र सनिसा श्रेष्ठ अभिनयमा रहेका छन् भने हिमाल सागर र अनु चौधारीको आवाज रहेको छ । दक्षिण भारतीय फिल्ममा चर्चा छाएको ‘‘सरकारु भारी पाता’’ को ‘‘कालाभाथी’’ बोलको गीतको एक दृश्यलाई यता ‘‘ए होर माया’’ बोलको गीतमा मिसाईएको छ । निर्देशक तथा कोरियोग्राफर मौसम हिमाली रहेको यो गीतमा ४० सेकेन्डको एउटा दृश्य नै चोरिएको हो ।
‘‘कालाभाथी’’ गीतमा भारतीय चर्चित नायक महेशबाबु र दक्षिण भारतीय नायिका कृति सुरेश अभिनित उक्त गीतमा रेस्टुरेन्टमा रहेकी कृतिले लगाएको कपडाको पछाडीको चेन अलिकति खुल्ला हुन्छ अनि महेशबाबुले ऐनामा देखेपछि उनलाई इशाराले बताउँछन् ।अभिनेत्रीले चेन लगाइदिन बोलाएपछि उनी केही थाहा नभए जस्तै गएर चेन लगाइदिन्छन् । यता ‘‘ए होर माया’’ मा पनि चेनको सट्टा चेनलाई तुना बनाइदिएर ठ्याक्कै उही सट लिएर म्युजिक भिडियो बनाईएको छ ।
यस्तो छ भिडियो :
निर्देशकले महेश बाबुको ठाउँमा बिमल र कृत्ति सुरेशको ठाउँमा सनिसालाई राखेपछि भारतीय फिल्मको दृश्य चोरी भएको भनेर सामाजिक सञ्जालमा आलोचना भएको छ । यसरी नेपाली सांगीतिक क्षेत्रमा लय, शब्द, दुश्य चोरिनु भनेको आफैमा कमजोर पक्ष त हो नै जसले गर्दा सम्पूर्ण टिम नै आलोचित बन्न पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया