काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नयाँ नया निर्देशिका जारी गरेर काम भएको दाबी गरेतापनि मुख्य काम हुन सकेको छैन ।
विभिन्न समितिले बुझाएको प्रतिवेदन सबै दराजमा थन्किएका छन् । कर्मचारी सरुवा अस्तब्यस्त बनेको छ । पछिल्लो समय सहसचिव सुर्यप्रसाद गौतमको समितिले तयार गरेको संघीय शिक्षा ऐनको काम अघि बढ्न सकेको छैन ।
मुलुक संघीयतामा गैसकेको र शिक्षाका अधिकांस काम स्थानीय तहबाट भैरहेको अवस्थामा सो ऐन कसरी कार्यान्वयन गर्ने ? भन्ने विषयमा मन्त्रीको ध्यान पुग्न सकेको छैन ।
तयार भएको मस्यौदामाथि छलफल गरी, कानुन र अर्थ मन्त्रालयमा छलफल गरी मन्त्रिपरिषदमा पेश गर्ने विषयमा मन्त्री मौन देखिएकाे खबर अाजकाे नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया