प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

लोकपथ
35
Shares
lgjf{rg ;fdu|L 9’jfgL sf7df8f}F, !# sflQs M cfpFbf] dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:o lgj{frgsf lgjf{rg cfof]un] %& k|sf/sf lgjf{rg ;fdu|Lx?sf] 9’jfgL ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । आसन्न मंसिर ४ मा हनुे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो ।

मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई/दुई वटा मतपत्र छापिएका छन् । प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो । देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?