काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । सहयोग रकममध्ये ९ लाख १ हजार रुपैयाँ कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट र १ लाख रुपैयाँ कर्मचारीको स्वेच्छिक योगदानबाट संकलन गरिएको कम्पनीले जनाएको छ ।
हिमालयन बैंकको सहायक कम्पनी हिमालयन क्यापिटलले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ । साथै, बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।
कम्पनीले विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ । उद्धार तथा राहतमा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी र स्वयंसेवकप्रति पनि कम्पनीले आभार व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया