इलेक्ट्रिक स्कुटर सेगवे ई–११० एल नेपालमा

लोकपथ
63
Shares

काठमाडौं । सेगवे नाइनबोटको नयाँ मोडल सेगवे ई–११० एल नेपालमा बिक्री सुरु भएको छ । कम्पनीले बिजारमा ल्याएको उक्त स्कुटरमा लामो दूरीको यात्राको लागि उपयुक्त अत्याधुनिक इन्टेलिजेन्ट फिचरहरु उपलब्ध रहेको जानकारी दिएको छ ।

कम्पनीका अनुसार यो मोडलमा अग्रणी टेक्नोलोजी र हेवी– ड्युटी पर्फमेन्सको एक समानान्तर मिश्रण रहेको छ । २ हजार ४ सय वाटको अधिकतम मोटर पावर र ७२ भोल्टको २४ एम्पियर ब्याट्री क्षमताको साथ एक पटकको फुल चार्जमा १ सय १० किलोमिटर भन्दा बढीको यात्रा गर्न सकिन्छ दाबी कम्पनीले गर्दै आएको छ । आईहव प्रालि नेपालमा सेगवे– नाइनबोटको आधिकारिक आयातकर्ता र वितरक हो । कम्पनीले सेगवेको ई– १०० र ई– १२५ मोडल बिक्री गर्दै आइरहेको छ ।

सेगवेले यसमा किलेस सुविधा थप गरेको छ । जसले स्कुटर स्टार्ट गर्न, इलेक्ट्रोनिक सिट लक, ब्याट्री कम्पार्टमेन्ट लक र टुलबक्सहरू सहित सबै कुरा १०० प्रतिशत किलेसको सुविधा छ । सेगवको स्कुटरमा लन्चर एप र एड्मिन ड्यासबोर्ड छ, यसले फ्लीट अपरेटरहरू र राइडरहरूलाई सजिलैसँग आफ्नो सवारी साधनहरू व्यवस्थापन गर्न र सवारी चलाउन सक्षम बनाउँछ । यसमा भएको ड्राइभर अक्युपेन्सी डिटेक्शन सिस्टमले अटोमोटिभ ग्रेड टेक्नोलोजीको साथ चालकलाई सेन्सरको माध्यमबाट सचेत गराउन सक्छ । जस्तै किक स्ट्यान्ड तथा साइड स्ट्यान्ड लागे/नलागेको भन्ने कुरा पत्ता लगाई राइडरहरूलाई सम्भावित खतराहरू बाट बचाउन नेभिगेसन प्रदान गर्छ ।

यसमा अटोमेटिक पार्किङ मोड र कस्टमाइज्ड अडियोको पनि सुविधा उपलब्ध छ । यसको इलेक्ट्रोनिक पार्किङ मेकानिजमले यसले चलिरहेको अवस्थामा आकस्मिकरुपमा छोएर हुने दुर्घटनाहरूलाई रोक्न सक्छ । ब्याट्री म्यानेजमेन्ट सिस्टम प्रणालीले हाइ–तापक्रम सुरक्षा, भोल्टेज सुरक्षा, हट प्लग सुरक्षा र ओभर चार्ज सुरक्षालगायतका कुराहरुमा सेफ्टि प्रदान गर्छ । यसले स्कुटरलाई सुरक्षा र सर्ट सर्किटबाट सुरक्षित गर्ने पनि कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?