घण्टी नबजाउन तोसिमा कार्कीलाई निर्वाचन आयोगको निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । निर्वाचन आयोगले ललितपुर-३ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीलाई घण्टी नबजाउन निर्देशन दिएको छ ।

चुनाव प्रचारप्रसारका क्रममा घण्टी चुनाव चिह्न पाएकी तोसिमाका कार्यकर्ता र समर्थकले घण्टी बजाएर हिँडेकाले आयोगले सो निर्देशन दिएको हो । घण्टी बजाएर हिँड्दा अरुलाई असर गरेको भन्दै आयोगले उनलाई घण्टी नबझाइ प्रचारप्रसार गर्न निर्देशन दिएको हो ।

आयोग कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले उम्मेदवारहरुले घण्टी बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?