मोरङ क्षेत्र नम्बर ३ (१) का उम्मेदवार शेखरचन्द्र थापाको निधन

लोकपथ
133
Shares

मोरङ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

उनको आज बिहान १० बजेर ४० मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । क्याप्सिका निमोनियाले ग्रसित थापा नोबेल अस्पतालमा उपचाररत थिए ।

उनको मृत्यु भएसँगै मोरङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभाको निर्वाचनका लागि नयाँ प्रक्रिया हुने भएको छ । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?