गौशाला नगरपालिकाकी उपमेयर भन्छिन्– गिरिराजमणी पोखरेल नै हाम्रा विश्वास हुन्

लोकपथ
2k
Shares

महोत्तरी । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोले सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणी पोखरेल नै आफूहरूको भरोसा भएको बताएकी छन् । क्षमतावान् उम्मेदवारको हिसावले पोखरेल नै अवस्था भएको बताउँदै अवस्था हेरेर समर्थन गर्ने तयारी गरेको उनको भनाइ छ ।

पोखरेलले जितेपछि नगरको समुन्नतीमा बलियो सहयोग पुग्नेमा विश्वस्त रहेको छु,’ उन्ले भनिन्, ’स्वास्थ्य र शिक्षामा गौशाला पछाडी परेको छ यस्लाई उहाँले सम्बोधन गर्नुहुनेछ । जसपाबाट निर्वाचित भएकी महतो अहिले जसपाप्रति त्यति सन्तुष्टि छैनन् । नगरपालिकामा नगरप्रमुख र उनको असमझदारीले दूरी बढदै गएको स्थानीय बताउँछन् ।

नेकपा एमाले र जसपाको गठबन्धन भएपछि प्रतिनिधिसभाको टिकट पाउन जसपाका नेता लक्ष्मी महतो एमाले प्रवेश गरेका छन् भने प्रदेशसभामा क्षेत्र (ख) मा भने जसपाको नै उम्मेदवार छन् । क्षेत्र नम्बर १ (क) प्रदेशसभा र प्रतिनिधिसभामा भने नेकपा एमालेको भागमा परेको छ । घरदैलो अभियानका क्रममा पोखरेललाइ आज उपमेयर महतोले सहयोग गर्ने आस्वासन दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?