घरदैलो कार्यक्रमा हिँडेका प्रकाशमानलाई मतदाताले सोधे- ‘मेलम्चीको पानी कहिले आउँछ ?’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं.१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ रु’ भनि प्रश्न गरेका थिए ।

मतदाताले मेलम्ची पानीको बारे गुनाशो गरेको बताउदै आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको सिंहले बताए ।

सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे ।

काडमाडौं क्षेत्र नं. १ का मतदाताले आफूलाई तीन पटक विश्वाश गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके उनले बताएका थिए ।

संविधान र्निमाण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए ।

‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्‍याएको छु,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?