डिशहोममा रिचार्ज गर्दा दाहालले जिते नगद एक लाख

लोकपथ
56
Shares

काठमाडौं । डिशहोममा रिचार्ज गर्दा थप एक जनाले एक लाख जित हात पारेका छन् । डिशहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाइने योजना अन्तर्गत उनले एक लाख रुपैयाँ जित्न सफल भएका हुन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर१६ का राजन दाहालले एक लाख रुपैयाँ जितेको डिशहोमले जनाएको छ । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडाको डिलर अन्तर्गत रहेको बारा, संखुवाघाटका सह—वितरक गीता इन्टरप्राइजका राजेश थापा मगरकोमा उनले एक वर्षको रिचार्ज गरेका थिए । सोहीअनुसार दाहालले लक्की ड्र मार्फत सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्स मेनेजर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे, श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठले विजेतालाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?