एनसेल र सामसङबीच सहकार्य, ग्राहकहरुलाई ३१ प्रतिशतसम्म छुट

लोकपथ
0
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनीले एनसेलका ग्राहकहरुले सामसङका घरायसी विद्युतीय उपकरणहरुमा विशेष छुट पाउने भएका छन् ।

एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरुलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा विशेष छुटको सुविधा उपलब्ध गराउने भएको हो ।

यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरणहरुको खरिदमा ग्राहकले अब अतिरिक्त छुट समेत पाउनेछन् ।

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन् ।

यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म आफ्नो खर्च बचत गर्न सक्नेछन् । ग्राहकले प्राप्त गर्ने अतिरिक्त छुट ५ प्रतिशत, ८ प्रतिशत वा १२ प्रतिशत उनीहरुले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुन्छ ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिक रूप दिइएको छ । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीहरुले साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

यो अफर असोज २२ देखि कार्तिक ३० सम्म लागू हुनेछ । यस अवधिमा दशैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व रहेका छन् ।

ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गरी नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रहरूमा गई यो सुविधा लिन सक्नेछन् ।

‘एनसेलमा हामीले सधैँ कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएका छौँ । यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै यस चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ। यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्ने विश्वास लिएका छौँ,’ ललित शारदाले भने ।

यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको उनको भनाइ रहेको छ । यसले ग्राहक तथा उपभोक्ता अनुभवलाई थप सहज तथा लाभदायी बनाउने उद्देश्य राखेको छ ।

यो अतिरिक्त छुट प्राप्त गर्न योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ ।

त्यसपश्चात्, नेपालभरिका रहेका कुनै पनि सामसङका आधिकारिक बिक्री केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रमा गई छुट लिन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?