काठमाडौं । सेन्साई ३ को झट्का योजना अन्र्तगत पहिलो विजेता घोषणा गरिएको छ । जापानमा ईन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दसैँ तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको योजनाका पहिलो विजेता सावर्जनिक गरिएको हो ।
सेन्साईको उक्त योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने बताइएको छ ।
सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको छ । उक्त घोषणाअनुसार पहिलो लक्की ड्रको विरगञ्ज निवासी “अकलेश कुमार पटेल” विजेता भएका छन । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले विरगञ्जको आर.के ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट–फ्रीजÞर खरिद गरेका थिए ।
सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको छ । योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस.एम.एस् गर्नुपर्नेछ । कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ ।
सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै, फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया