देशमा जनताले अनुभुति गर्नसक्ने कुनै राम्रा काम नभएको अभिनेता बस्नेतको गुनासो

लोकपथ
35
Shares

काठमाडौं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही नेतृत्व चयन गर्नुपर्ने बताएका हुन् ।

उनले पछिल्लो समय देशमा जनताले अनुभुति गर्नसक्ने कुनै राम्रा काम नभएकाले देशको नेतृत्व परिवर्तन गर्नुपर्ने बेला आएको बताएका हुन् । देश विकास गर्ने दृढ इच्छाशक्ति भएमा हरेक मानिसले देशको लागि सही काम गर्नसक्ने उनले । बस्नेतले हरेक नेपालीहरु नेतृत्वलाई खबरदारी गर्नसक्ने स्थितिमा पुग्न जरुरी रहेको उल्लेख गरे ।

निर्वाचनताका हरेक पार्टीहरुले देश विकासको नाममा बाटो निर्माण, पानी, ग्याँस, इन्टरनेका सुविधा दिने कुरा गरेको भन्दै यो कुरा सरकारले नागरिकलाई दिनैपर्ने अधिकार भएको अभिनेता बस्नेतले बताए । उनले सरकारले जनतालाई गरिखान सक्ने वातावरण सिर्जना गरे हरेक नागरिकले काम गरेर जीवन यापन गर्न सक्षम रहेको पनि दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?