काठमाडौं । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लड््न लागेका सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ अर्थात सुई पाएका छन् । बुधबार डडेल्धुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले ढकाललाई सुई चिन्ह दिएको हो ।
ढकालले केही वर्ष पहिला साझा सवालमा देउवालाई प्रश्न गरेकै कारण चर्चामा आएका थिए ।
निर्वाचन आयोगको नियमित निर्वाचन कार्यक्रम अन्तर्गत आज उम्मेदवारी फिर्ता गर्ने कार्यक्रम समेत थियो । जसअन्तर्गत डडेल्धुरामा ३ जना उम्मेदवारले उम्मेदवारी फिर्ता दिलएका छन् । एमालेका चक्रप्रसाद स्नेही, राप्रपा नेपालका कालीप्रसाद जोशी र स्वतन्त्र उम्मेदवार दानबहादुर पालले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया